जिज्ञाशुले अर्बपति

0
Shares

काठमाडौं, (नेस)
आज विश्वका सडकमा चल्ने चिल्ला गाडी फोर्डको पछाडि एउटा नाम जोडिएको छ। ‘फार्ड’ नाम अमेरिकी राज्य मिसिगनको एक गरिब किसान परिवारमा जन्मेका हेनरी फोर्डको ट्रेडमार्क हो भन्ने सायद कमैलाई थाहा होला।

फोर्ड मोटर कम्पनीका संस्थापक हेनरी फोर्डको जन्म ३० जुलाई १८६३ मा अमेरिकी राज्य मिसिगनमा भएको थियो। उनी आठ वर्षका हुँदा हेनरीका बुबा विलियम फोर्डले नजिकैको एक विद्यालयमा उनको भर्ना गरिदिए। विलियम चाहन्थे कि छोरोेले खेती किसानी नै गरोस्। तर, हेनरी मेसिन देख्नै नहुने। जिज्ञासु थिए, भेट्यो कि चलाइहाल्थे।

जतिबेला हेनरीको तलब १ सय २५ अमेरिकी डलर थियो। बचाएको पैसाबाट उनले एन वर्षमै ‘मोडेल टी’ नामको एउटा सस्तो कार बनाए। सडकमा आएलगत्तै त्यो कारले तहल्का मच्चाइदियो। यो यति सस्तो थियो, जोकोहीले पनि खरिद गर्न सक्थ्यो।

हेनरीका बाल्यकालका रमाइला घटना सुन्न पाइन्छ। जन्मदिनको उपहार घडी खोलेर फेरि सेट गरेका थिए हेनरीले। त्यसका लागि उनका औजार थिए– एउटा सानो किला, चिम्टा र सुई खोजे।

उनका बुबा विलिएम छोरोको यो चालाले आजित भइसकेका थिए। बेला–बेलामा पिटाइ खानु सामान्य कुरा थियो। अन्ततः प्राइमरी शिक्षा पूरा गरेपछि बुबाले उनलाई खेतीकै काममा लगाए।

हेनरी घरमा बस्न सकेनन्। १६ वर्षको उमेरमा भागेर डेट्रोइट शहर पुगे र त्यहाँ स्टिम इन्जिन बनाउने वर्कसपमा काम गर्न थाले। उनको मेहनतले उनलाई सो वर्कसपको प्रमुख इन्जिनियरसमेत बनायो।
जतिबेला हेनरीको तलब १ सय २५ अमेरिकी डलर थियो। बचाएको पैसाबाट उनले एन वर्षमै ‘मोडेल टी’ नामको एउटा सस्तो कार बनाए। सडकमा आएलगत्तै त्यो कारले तहल्का मच्चाइदियो। यो यति सस्तो थियो, जोकोहीले पनि खरिद गर्न सक्थ्यो। यस कारले बिक्रीको रेकर्ड नै तोड्यो। हेनरीले जति कार बनाउँथे, सब बिक्री हुन थाल्यो। हेनरीलाई भ्याईनभ्याई भयो।

२०औं शताब्दीको शुरूमा उद्योगपतिले श्रमिक वर्गलाई यन्त्रको रूपमा लिए पनि हेनरी फोर्ड भने ‘गिभ मोर, गेन मोर’ अर्थात् धेरै देऊ, धेरै फर्किन्छ भन्ने विचार अपनाएर अघि बढे।

उनले सबैभन्दा पहिले ‘मोडेल टी’को मूल्य घटाएर ३ सय ४० अमेरिकी डलर बनाए। ८ घण्टा पुर्याए, मजदुरको तलब दुई गुणाले वृद्धि गरिदिए। फोर्ड मोटर कम्पनीमा ३ सिफ्टमा कार उत्पादन हुन थाल्यो, ३ गुणा कार उत्पादन हुन थाल्यो। कम्पनीलाई फाइदै फाइदा हुन थाल्यो।

हेनरीले थोमस अल्बा एडिसनको एल्युमिनेटिङ कम्पनीमा रात्रीकालीन अपरेटरका रूपमा काम पनि गरे। इलेक्ट्रिकल इन्जिनियरिङ सिक्न हेनरी सँे कम्पनीमा काम गरेको भन्ने जानकारहरू बताउँछन्। त्यससमय कामबाट फर्केर आएपछि हेनरी फोर्ड घरमा अबेर रातिसम्म वाफ इन्जिन बनाउने प्रयास गर्थे। सन् १८९६ जुन ४ मा उनलाई सफलता हात पर्यो। उनले ३३ वर्षकै उमेरमा बाफबाट चल्ने वाहन बनाए।
हेनरीले आफ्नो मृत्युभन्दा २ वर्षअघि कम्पनीको अध्यक्ष आफ्नो नाति हेनरी फोर्ड द्वितीयलाई बनाएका थिए। हेनरीले आफ्नो अथक परिश्रमबाटै आफूले खडा गरेको फोर्ड कार उत्पादन कम्पनीलाई सफलताको शिखरमा पुर्याए। आज पनि उनले स्थापना गरेको कम्पनी विश्वविख्यात छ।

उनी भन्थे–‘परिश्रम कहिले पनि खेर जाँदैन, कुनै न कुनै दिन त्यसले सफलताको शिखरमा पुर्याउँछ तर यसका लागि दृढ विश्वासचाहिँ हुनैपर्छ।’ हेनरी फोर्डका बारेमा धेरै कथन चर्चित छन्। हेनरीलाई आफ्ना सन्तानलाई पकेट खर्च निकाल्न जुत्तामा पालिस गर्न सडकमा पठाउने पिताको रूपमा लिइन्छ। यसप्रति उनको भनाइ थियो– ‘अहिले पो म अर्बपति छु। मेरो समयमा जो अर्बपति थिए, ती सबैको अवस्था भिख माग्ने भइसकेको छ, अर्थात उनीहरूको अवस्था ठिक छैन।’

त्यस्तै लन्डन यात्राको क्रममा सोधपुछ अफिसमा गएर सस्तो होटलबारे जानकारी लिएका थिए। अर्बपति भएर सस्तो होटलको खोजी गर्ने भन्ने प्रश्नमा उनको उत्तर आफू गरिबको छोरो रहेको उनले बताएका थिए। उनीको एउटै भनाइ थियो– ‘मानिसले कामका कारण सम्मान पाउँछ, महँगो पोशाकले होइन।’

(विभिन्न एजेन्सीहरूको सहयोगमा)