भैरहवा भन्सारमा राजस्व असुली कम

0
Shares

यमलाल भुसाल, बुटवल । मुलुककै दोस्रो ठुलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्षको छ महिनामा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल देखिएको छ । भन्सार कार्यालयले आवको पुष मसन्तासम्ममा कुल ३७ अर्ब ४९ करोड १२ लाखरुपैयाको लक्ष्य लिएकोमा ३३ अर्ब ४ करोड ९९ लाख रुपैया राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले बताउनु भयो ।

विगत वर्षमा भन्दा यस आर्थिक वर्षमा सवारी साधन आयातमा कमी आयात भएकाले राजस्व असुली मिट हुन नसकेको कार्यालयले जनाएको छ । गत आवमा यस नाकावाट छ महिनाको अवधीमा ६ हजार ७ सय १४ जिप कार र भ्यान आयात भएकोमा यसवर्षको सोही अवधीमा केवल ३ हजार ५ सय ७७ वटा मात्र आयात भएको भन्सार कार्यालयले जनाएको छ । जिप कार भ्यान कमी आउदा ५ अर्ब ४६ करोड४९ लाख रुपैया राजस्व मा कमी भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७४–०७५ को असोज महिना बाहेक अन्य ५ महिनामा कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा वार्षिक राजश्व संकलनको लक्ष्य प्रभावित भएको होे । कार्यालयबाट प्राप्त तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ५ अर्ब ७० करोड ६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेपनि कार्यालयले ५ अर्ब २१ करोड ११ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।

त्यस्तै भदौ महिनामा ६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ अर्ब १४ करोड ५६ लाख रुपैयाँ, असोज महिनामा ५ अर्ब ७० करोड ६ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६ अर्ब ४३ करोड २१ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै कार्तिक महिनामा ६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकोमा ५ अर्ब ३० करोड ६२ लाख रुपैयाँ र मंसिर महिनामा पनि ६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेपनि ४ अर्ब ९७ करोड २८ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ ।

कार्यालयले पुष महिनामा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्य रहेकोमा जम्मा ४ अर्ब ९८ करोड २१ लख रुपैया असुली गरेको छ ।
भैरहवा नाकाबाट सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप कार र भ्यान लगायतको आयतमा कमी हुँदा लक्ष्य अनुसारको राजश्व संकलनमा प्रभाव परेको भन्सार प्रमुख शाक्यले बताउनु भयो ।

त्यस्तै गत आर्थिक वर्षमा मधेस आन्दोलनको कारण विरगंजबाट पैठारीगर्ने अधिकांश पैठारीकर्ताहरु भैरहवा भन्सारमा आई कारोवार गरेकोमा हाल उक्त पैठारीकर्ताहरु पुनः विरगंज नाकामा फिर्ता भएको कारण चालु आर्थिक वर्षमा राजश्व संकलनमा कमी देखिएको प्रमुख शाक्यको दावी छ ।
साथै उहाँले भारतीय सीमामा अत्यधिक सवारी जामको कारण सिमेन्ट, क्लीङ्कर आयातकर्ताहरु अन्यत्र नाकाबाट कारोवार गर्न थालेको र भारतमा प्रारम्भ गरिएको कर प्रणाली जिएसटी तथा नेपालतर्पm सुरु गरिएको एक्जिम कोडको कारणले समेत केही आयातकर्तामा द्विविधा उत्पन्न भएको कारण लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेो भन्सारका सुचना अधिकृत कलिराम पौडेलले बताउनु भयो ।

नेपालबाट सबै भन्दा बढि निर्यात हुने वस्तुमा बोरा, झोला, अन्य कपडा पदार्थ तथा रद्दि कागजहरु रहेका छन । यस बाहेक नेपालबाट सेन्थेटिक यार्न, अदुवा, सुठो, पिना, काँच, चोकर, भुस, तारका जाली, लगायत अन्य सामाग्रीहरु समेत रहेको कार्यालयले जनाएको छ ।
भारत तर्फबाट भने मुख्य गरि जिप, कार, भ्यान, मोटरसाईकल, एम यस बिलेट, हाईस्पिड डिजल, ग्लेज टाईल, सिंगल एवम डबल क्याब पिकअप गाडी, ट्रक, मिनि ट्रक, सिमेन्ट क्ंिलकर, पेट्रोल लगायतका सामाग्रीआउने गरेको कार्यालयले जनाएको छ ।

आर्थिक विकासका लागि सुरक्षित वातावरण भन्ने नाराका साथ विभिन कार्यक्रम गरि शुक्रवार ६६ औ विश्व भन्सार दिवस भनाएको छ । दुई जना विदेशी पर्यटकलाई नेपाली टोपी लगाएर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले स्वागत गर्नु भएको थियो ।