हवाई हमला

0
Shares

दमास्कस, (एजेन्सी)
लडाकू समूह इस्लामिक स्टेट (आईएस)विरुद्ध संघर्षरत अमेरिकी नेतृत्वमा रहेको गठबन्धन फौजले हालै सिरियास्थित तिनीहरूको मुख्यालयमा गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ५० लडाकू मारिएको सरकारी सूत्रले जनाएको छ। दक्षिणपूर्वी देइर अल जोउर प्रान्तको मध्य युफ्रेट्स नदी उपत्यकाको अल –सफाहमा शनिबार सो आक्रमण गरिएको गठबन्धन फौजद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ। गुप्तचर सूत्रले यस आक्रमणमा कोही पनि सर्वसाधारण नपरेको दाबी गरेको छ। आईएसले सिरियामा आफ्नो खलिफा खडा भएको घोषणा गरेको थियो।