गार्डद्वारा हड्ताल


पेरिस, (एजेन्सी)
फ्रान्समा कारगारका गार्डहरूमाथि कैदीहरूबाट हुने गरेको शृंखलाबद्ध आक्रमणका कारण राष्ट्रव्यापी हड्ताल शुरू भएको छ। सरकारसँग यसैसाता आफ्नो सुरक्षा व्यवस्था र तलब वृद्धिको मागलाई लिएर विवाद आएकाले सोमबार गार्डहरूका युनियनले विरोधस्वरूप कारागारहरूमाथि पूर्णतः नाकाबन्दी लगाएका छन्। फ्रान्सकी न्यायमन्त्री निकोल बेल्लोबेटले यस समस्याको समाधानका लागि युनियनका नेतासँग भेटघाट गर्ने बताएकी छिन्। गतसाता युनियनहरूले सरकारको हड्ताल रोक्ने प्रस्ताव रोक्ने अस्वीकार गरेका थिए। न्याय मन्त्रालयले युनियनहरूलाई तत्काल वार्ता थाल्न दबाब दिएको छ।