नेपाल समाचारपत्र, काठमाडौँ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार बालकोटमा बस्दै छ। दुई पार्टीबीच हुन गइरहेको पार्टी एकता कार्यका विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकले पार्टी एकताको कार्य अगाडि बढाउन कार्यदल गठन गर्ने बताइएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्रबार र शनिबार भएको छलफलमा पार्टी एकता, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठनका विषयमा कुराकानी भएको थियो।











प्रतिक्रिया