गार्डिओलाद्वारा कीर्तिमानी अंकको आशा


लन्डन, (एजेन्सी)

म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डिओलाले उनको टोलीले यस सिजनको प्रिमियर लिगमा कीर्तिमानी अंक राख्न सक्ने आशा लिएका छन् ।

म्यानचेस्टर सिटीले शनिबार राति न्युक्यासल युनाइटेडलाइ ३–१ गोलअन्तरले हराएपछि गार्डिओलाले यस्तो आशा गरेका हुन् । २०१२ र २०१४ मा उपाधि जितेको सिटीले हाल २४ खेलबाट ६५ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १२ अंकको टोलीले अग्रता बनाइराखेको पनि छ ।

चेल्सीले २००४–०५ मा च्याम्पियन बन्दा ९५ अंक जोडेको थियो । सिटीले यदि आगामी १० खेलमा जित र एक खेलमा बराबरी खेलेमा चेल्सीको अंकलाई पार गर्नेछ ।

सिटीका लागि सर्जियो अग्वेरोले ११ औं ह्याट्रिक गरेका छन् । अग्वेरोले यस सिजनमा सेप्टेम्बरमा वाटफोर्ड र हिजो न्युक्यासलविरुद्ध गरी दुई ह्याट्रिक गरेका छन् ।