त्रिवि मैदानका लागि २ करोड


काठमाडौं, (नेस)
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुनर्निर्माण गर्न २ करोड बजेट विनियोजन गरिएको युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले बताउनुभयो।

नेपालमा पहिलोपटक आयोजना भएको क्रिकेट कार्निभलको उद्घाटनमा मन्त्री केसीले त्रिवी मैदानलाई स्तरोन्नति गर्न लागेको पनि बताउनुभयो। वहाँका अनुसार त्रिविमै बन्न लागेको कभर्डहललाई १ अर्ब र मुलपानी क्रिकेट मैदानको लागि पनि बजेट विनियोजन भइसकेको छ।

साथै सोही क्रिकेट कार्निभलको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत क्रिकेट विभागले नेपाली क्रिकेटलाई योगदान पुर्याएका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी क्रिकेट अवार्डले सम्मान गरेको छ।

शुक्रबार प्रथम ग्रेट क्रिकेट महोत्सवको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कप्तान खड्कालाई सम्मान गर्नुभएको थियो। यसै वर्षबाट शुरु भएको मदन भण्डारी क्रिकेट अवार्डको नगद २५ हजार रहेको थियो।