मन चोर्ने चोर

0
Shares

मन चोर्नेहरू तपाईंको शहरबस्तीमा धेरै होलान्। सुन–चाँदी, गरगहना, पैसा र अन्य कुनै बहुमूल्य वस्तु चोर्ने र लुट्नेहरूको संख्या पनि धेरै छ। चोर्नका लागि चोरले चासो दिएपछि यस्ता कुरा चोरी हुनु नौलो कुरा होइन। बेला मौकामा मोटरसाइकल र स्कूटर चोरीका कुरा पनि सुनिन्छ।

यो होस या त्यो, धेरै होस या थोर चोरी र लुटपाटका बारेका समाचार सञ्चार माध्यममा दोहोरिरहन्छन्। तर अब चोरका आँखा सामान्य वस्तुमा मात्रै सीमित हुन छोडेको धरहराले देख्न थाल्या छ। अर्थात् चोरहरू पनि सानातिना कुरामा चासो दिन छोड्या छन्। ट्याक्सी र माइक्रोबससमेत चोर्न सिपालु चोर काठमाडौंमा सक्रिय छन्।

काठमाडौंमा केही दिन अघि पार्किङ गरेको ट्याक्सी चोरिएको खबर सेलाउन नपाउँदै शनिबार राति फेरि माइक्रोबस चोरी भएको छ। स्वयम्भूको हुलाकघर अगाडि फार्किङ गरेर राखेको बा १ ज ८१७१ नम्बरको माइक्रो चोरी भएको हो। सो बारेमा खबर पाएपछि खोजतलासमा जुेटेको प्रहरीले ३ जना युवालाई पक्राउ गरेको छ।

चोरीको यो कुरामा पनि चोरीकै कुरा जोडिएको धरहराले बुझ्या छ। कुरो के भने, चोरले धेरैजना मायालुको मन चोरे र मायालुहरूको ‘डिमान्ड खर्च’ पूरा गर्न चोरीको विकल्प रोजे। अब मायालुहरूले चोर कहलिएकालाई कस्तो माया गर्ने हुन् ? धरहरालाई खुलदुली जाग्या छ।