मल्लिका घरभाडा नतिरेपछि विवादमा

0
Shares

बलिउडकी बोल्ड नायिका मल्लिका शेरावत पछिल्लो केही महिनादेखि एक फ्ल्याटलाई लिएर विवादमा परेकी छिन्। यसै विषयलाई लिएर सेयर गरेको ट्वीटका कारण उनी फेरि १ पटक चर्चामा आएकी छिन्। उनले केही समयअघि फ्रान्समा आफू बसिरहेको फ्ल्याटको भाडा नतिरेका कारण फ्ल्याटबाटै निकालिएको कुरा अस्वीकार गरेकी छिन्।

यसका साथै उनले फ्रान्समा आफ्नो घर पनि नभएको र भाडाको कुनै फ्ल्याट पनि नभएको समेत बताएकी छिन्। उनले ट्वीटरमा लेखेकी छिन्– ‘मैले पहिले नै भनिसकेको छु र दोस्रोपटक भनिसकेको छु, पेरिसमा मेरो आफ्नो घर पनि छैन र भाडाको घर पनि छैन। म पछिल्लो ८ महिनादेखि लसएन्जलस र भारतमा बस्दै आइरहेकी छु।’ उनले अगाडि लेखेकी छिन्– ‘म पेरिसमा बस्दिनँ, कृपया गलत हल्ला नफैलाउनुहोला। उनले पहिलोपटक डिसेम्बरको मध्यतिर एक ट्वीट गरेकी थिइन्, जसमा भनिएको थियो ‘केही मिडियाहरुले मेरो पेरिसमा फ्ल्याट छ भन्ने सोचेछन्। तर यो गलत हो, यदि कसैले मलाई फ्ल्याट दान दिएको भए मलाई ठेगाना पठाउनुहोला।’

समाचारअनुसार गत १४ डिसेम्बरमा एक फ्रान्सेली अदालतले गरेको फैसलामा मल्लिका र उनको फ्रेन्च प्रेमी साइरिल अक्सनफेन बसिरहेको फ्ल्याट खालि गर्न आदेश जारी गरेको थियो। उनीहरुले पेरिसको टोनी १६ एराडिस्मेन्टमा लिएको फ्ल्याटको ७८ हजार ७ शय ८७ युरो भाडा भुक्तान नगरेका कारण उनको फर्निचरसमेत जफत गर्ने आदेश अदालतले दिएको समाचारमा उल्लेख छ।

 

उक्त फ्ल्याट मालिकका अनुसार उनीहरुले २०१७ को जनवरीदेखि प्रत्येक महिना ६ हजार ५४ युरोमा फ्ल्याट भाडामा लिएका थिए। तर उनीहरुले हालसम्म २ हजार ७ सय १५ युरो मात्र भुक्तानी गरेका छन्। पेरिस अदालतमा सुनुवाइको दौरानमा उनको वकिलले मल्लिका र उनको प्रेमी दुवैको वित्तिय कठिनाइ भएको र मल्लिकाको काम अनियमित प्रकृतिको भएकाले भाडा तिर्न नसकेको तर्क दिएका थिए।

४० वर्षीया मल्लिकालाई बलिउड फिल्म मर्डर, प्यारके साइड इफेक्टस तथा वेलकमजस्ता फिल्मका लागि चिनिन्छ। मल्लिकालाई पछिल्लोपटक सन् २०१६ मा चिनियाँ फिल्म टाइम रियाडर्समा देखिएको थियो।