विद्यालय भवन अभाव, खुला चौरमै बहुकक्षा शिक्षण

0
Shares

ललित सिंह, बझाङ
जील्लाको बुंगल नगरपालिकामा रहेका दर्जनौं विद्यालय भवन जीर्ण हुँदा यहाँका विद्यार्थीले खुला चौरमा पढ्न बाध्य भएका छन्। जिल्ला शिक्षा कार्यालयबाट वार्षिक करौडांै बजेट भौतिक पूर्वाधारका लागि छुट्याए पनि जिल्लामा जसको बढी हाबी र नजिक छ त्यसैलाई भवन वितरण गर्ने गरेका छन् । तर यहाँका दजनौं विद्यालय भवन जीर्ण भएपछि एकै विद्यालयका ७ सय विद्यार्थी खुल्ला चौरमा बस्न बाध्य भएका छन्।

बुंगलको २०१७ सालमा रत्न मावि खोललेकमा ७ सय ५० विद्यार्थी छन् । सबै विद्यालयका पुराना भवन सबै पल्टाले छाएको हुदाँ र घामले चर्कने भएपछि पानी परेको समयमा विद्यार्थीको कापी किताब पनि भिज्ने गरेको छ। विद्यार्थीलाई पढाउँदा साहै्र गाह्रो भएको दुःखेसो पोख्छन् रत्न मावि खोललेकका शिक्षक जयदेव खाती।

‘भवन कम छ र विद्यार्थीको संख्या बढी छ, पानी परेका बेला शिक्षकले पढाएको सुनिदैन, हामी नौ र दश कक्षाका विद्याथी सँगै बसेर पढ्नुपरेको छ। विद्यालयमा न खेलकुदका सामग्री छन् न त राम्रोसँग बस्नका लागि विद्यालय भवन, यसमा न यहाँका जनताले विद्यालयतिर चासो देखाएका छन्, न त सरकारले नै’ –रत्न मावि खोललेखमा कक्षा १० मा अध्यन्रत छात्र मीनबहादुर बोहरा बताउँछन्।

‘२०७१ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट एउटा चारकोठे भवन दिएको थियो। यो पञ्चवर्षे योजना भएकाले एक वर्षको ५० देखि १ लाखसम्म मात्र एक किस्ता भुक्तानी दिने भएपछि भवन निर्माणमा ढिलाई भएको छ, यस्ता भवन सरकारले दिनुभन्दा नदिनु बेस हुन्छ, किनकि रकम निकासामा ढिलाई भएपछि विद्यार्थीको पठनपाठनमा नकरात्मक प्रभाव परेको छ। यसरी सरकारले भवन दिनुभन्दा नदिनु राम्रो हुन्छ। किस्तामा आउने रकम निकासा गर्न जाँदा आतेजाते गर्दै ठिक्क खर्च भइहाल्छ, विद्यालय भवन भनेको बेकामे भएको छ’ –स्थानीय बासिन्दा भीमबहादुर बोहराले दुःखेसो पोखे।

‘२०६५ सालसम्म निजीरूपमा विद्यालयमा निःशुल्क काम गरें अहिले राहतमा छु, यहाँका स्थानीयकै सक्रियतामा विद्यालय भवन बनाई पठनपाठन शुरू गरिएको छ, जनताहरू पनि साह्रै मर्कामा छन्, विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालयमा समय समयमा माग राखें तर हामी विकट ठाउँको शिक्षक भएकै कारण मेरो विद्यालयमा अहिलेसम्म जनताले श्रमदान गरी बनाएको जीर्ण भवनमा पढाउन बाध्य छांै’ –धलपुर प्राविका प्रअ धनबहादुर बोहराले बताए।

यहाँका दजनांै विद्यालय भवन जीर्ण भएका छन्। शान्ति तथा पुनर्निमार्ण मन्त्रालयबाट पाएको भवन निर्माणमा ढिलाई भएको छ, समयमा रकम भुक्तानी गर्दैनन्, अहिलेसम्म जम्मा दुई लाख मात्र निकासा भएको छ। आफू बुंगल नगरपालिकाको प्रमुखको हैसियतले यही आर्थिक वर्षमा यहाँका सबैभन्दा नाजुक विद्यालयहरू मर्मत गर्नका लागि रकम छुट्याएको नगरप्रमुख धनबहादुर विष्टले बताउनुभयो।

नगरपालिकाभित्र रहेका दर्जनौं विद्यालय भवन जीर्ण भएपछि यहाँको धलपुर प्रावि कफलसेरी खाोचेथुम, रत्न माध्यमिक विद्यालय, नवयुग प्रावि शंकरखोलालगायत यहाँका दर्जनौं विद्यालयको अवस्था यस्तै हो। भवन अभावकै कारण विद्यार्थीको पठनपाठनमा नराम्रो प्रभाव पर्दै जानुका साथै यहाँको शैक्षिक स्थिति खस्कँदै गएको देखिन्छ। यसतर्फ सरकारको ध्यान जान आवश्यक छ।