काभ्रे प्रदेश–३ को राजधानी बन्ने आधार

0
Shares

मोतीराम तिमल्सिना

नयाँ संविधानले गरेको व्यवस्थाअनुसार ७ वटै प्रदेशको अस्थायी र स्थायी राजधानी तोकिनुपर्छ। सरकारले प्रदेशमा निर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गरेपछि निर्वाचित सांसदहरूको दुई तिहाइ मतबाट प्रदेशको राजधानी तोकिन्छ।

तर, सरकार अस्थायी राजधानीसमेत तोक्न असफल भइरहेको छ। राष्ट्रिय सभाको निर्वाचन नगराई नयाँ सरकार गठन हुन नसक्ने अडान लिएर जनमतविपरीत सत्तामा बसिरहेको सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न आलटाल गरिरहँदा विभिन्न क्षेत्रमा प्रदेशको राजधानी माग्दै प्रदर्शन हुन थालेका छन्। प्रदेश–३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लामा उपयुक्त छ भन्दै पटक–पटक ध्यानाकर्षण गराई शनिबार बनेपामा बहृत् प्रदर्शनसमेत भएको छ।

राजधानी बन्ने आधारहरू के छन् ?
काभ्रेपलाञ्चोक जिल्लाको पूर्वमा रहेका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, जोडिएको छ भने मकवानपुर, उपत्यकाका तीन जिल्ला र ती जिल्लासँग जोडिएका नुवाकोट, धादिङ, रसुवा, चितवनलाई समेत पायक पर्ने र सुविधाका हिसाबले समेत काभ्रेपलाञ्चोक जिल्ला केन्द्रमा पर्ने भएकाले उपयुक्त हुन्छ। अझ राजधानीको वैकल्पिक राजधानीका रूपमा पनि काभ्रेपलाञ्चोकलाई लिन सकिन्छ।

राजधानीको बढ्दो जनघनत्व, खानेपानी तथा फोहोरमैला व्यवस्थापनमा असहजता, बस्ती विस्तारजस्ता राजधानीका असुविधालाई काभ्रेपलाञ्चोक जिल्लालाई पूरा गर्न सक्छ। त्यस कारण पनि राजधानीमा अर्काे राजधानी थपिनुहुँदैन भन्ने तर्क अगाडि सारिएको छ।

त्यसका लागि काभ्रेपलाञ्चोक तयार छ त ?
यो प्रदेशले भौगोलिकरूपमा हिमाल, पहाड र तराई तथा जातजातिगत रूपमा आदिवासी⁄जनजाति, ब्राह्मण, क्षत्री, दलितलगायत अन्य विभिन्न जातजातिको धर्म संस्कृति र रहन सहनलाई समेटेको छ। त्यसैले प्रदेश–३ समावेशी अवधारणाअनुरूप पनि निर्माण भएको देखिन्छ। राजधानी निर्माणका उपयुक्त आधार तथा पूर्वाधारहरूलाई विभिन्न पक्षबाट प्रस्तुत गरिएको छः

(क) जिल्ला परिचय
इलाकाः १५ गाउँपालिकाः ७
नगरपालिकाः ६
निर्वाचन क्षेत्रः प्रतिनिधिसभाः २, प्रदेशसभाः ४
कुल क्षेत्रफलः १३९६ वर्ग किमि
जिल्लाको कुल जनसंख्याः ३,८१,९३७
भौगोलिक उचाइः २ सय मिटरदेखि ३०१८ मिटरसम्म (स्रोतः जिल्ला विकास समिति, काभ्रे)

(ख) हावापानी
ठण्डा समशीतोष्ण, न्यानो समशीतोष्ण र उष्ण गरी ३ किसिमको हावापानी।

(ग) पर्यटकीय महत्त्व
यस जिल्लामा पर्यावरणीय पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटन, शैक्षिक पर्यटन, साहसिक पर्यटन तथा होमस्टेका प्रशस्त स्थानहरू रहेका छन्।

१. प्रमुख पर्यटकीय स्थानहरूः धुलिखेल, पनौती क्षेत्र, नमोबुद्ध, काशीभञ्ज्या·, नगरकोट, दोलालघाट, पलाञ्चोक भगवती, नारायणस्थान तिमाल, चौवास, बेथानचोक नारायणस्थान, सुनकोशी–इन्द्रावती नदीलगायत।

प्रमुख पर्यटकीय पदमार्गहरूः धुलिखेल–गोसाईस्थान, धुलिखेल–देवीस्थान, साँगा–वासुकी वन, चिसापानी–नगरकोट, धुलिखेल–नमोबुद्ध–पनौती, धुलिखेल–पाँचखाल–पलाञ्चोक, पनौती–कुशादेवी–फूलचोकी, दुम्जा–मेच्छे–नारायणस्थान, धुलिखेल–गोसार्इंस्थान–रविओपी–नाला–नगरकोट आदि।

होमस्टे सञ्चालनः पात्लेखेत, ढुंखर्क, वल्थली, कुशादेवी, धुलिखेल।
पर्यटकीय पूर्वाधारहरूः स्टार, डिलक्स, स्टान्डर्ड तथा इकोनोमीस्तरका कुल ९७ वटा होटल, लज तथा रिसोर्ट।

२. धार्मिक पर्यटन स्थलहरूः पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, नारायणस्थान मन्दिर, लड्केश्वर महादेव, ब्रह्मायणी, रंगनाथ मन्दिर, गोरखनाथ, शैलेश्वर गोसाईस्थान, आशापुरी महादेव, घ्याङथली गुम्बा, गौखुरेश्वर आदि।

३. सांस्कृतिक महत्त्वका पूजा, जात्रा तथा मेलाहरूः सनातन कन्या पूजा (बनेपामा १ सय १३ वर्षदेखि मनाउँदै आएको छ), १२ वर्षमा लाग्ने मकर मेला (पनौती), पनौती जात्रा (ज्याःपुन्हि), नवदुर्गा जात्रा (पनौती⁄धुलिखेल), १२ वर्षे हरिसिद्धि मेला (धुलिखेल⁄पनौती), जनै पूर्णिमामा लाग्ने शैलेश्वर गोसाईस्थान मेला (बनेपा), वैशाख पूर्णिमामा लाग्ने चण्डेश्वरी जात्रा (बनेपा), विस्केट जात्रा (श्रीखण्डपुर र साँगा), पलाञ्चोक भगवती जात्रा (साठीघर), दुग्धेश्वर महादेवस्थानमा लाग्ने रँँके जात्रा (पाँचखाल), हरिबोधनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा (वल्थली) आदि।

(घ) विकासका चरणहरूः
– व्यावसायिक तरकारी, दूध तथा दुग्धजन्य पदार्थहरू, पोल्ट्री व्यवसायमा आत्मनिर्भर तथा अग्रणी।
– जिल्लामा वनले ढाकेको क्षेत्र बढी भएकाले गैरकाष्ठजन्य उत्पादनहरू।
– पर्यटन विकासको प्रशस्त सम्भावना।
– शैक्षिक क्षेत्रमा देशकै अग्रणी विश्वविद्यालय रहेकाले शैक्षिक क्षेत्रको रूपमा विकास गर्न सकिने।
– जलविद्युत्, सौर्य तथा तापीय ऊर्जाको विकास।

(ङ) शिक्षा क्षेत्रः
विश्वविद्यालयः १ (काठमाडौं विश्वविद्यालय)
क्याम्पसः २१
सामुदायिक तथा निजी विद्यालयः ७ सय ५
समग्र साक्षरता दरः ९६.८ प्र्रतिशत (पुरुषः ७९.५९ प्र्रतिशत र महिलाः ६०.९२ प्र्रतिशत)

(च) स्वास्थ्य क्षेत्र (सरकारीस्तरका)
अस्पताल (१५ शैय्याको)ः १ प्राथमिक स्वास्थ्य केन्द्रः ४
स्वास्थ्य चौकीः २५ उपस्वास्थ्य चौकी ः ६४
प्रसूति केन्द्र ः ४१
निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूः
धुलिखेल अस्पताल
शिर मेमोरियल अस्पताल, बनेपा
कृष्णप्रसाद अस्पताल, बनेपा एचआरडीसी, उग्रतारा जनागाल
स्पाइनल इन्ज्युरी पुनःस्थापना केन्द्र, जनागाल बनेपा अस्पताल, सत्य साई अस्पताल, बनेपा भैरव अस्पताल, पनौती

(छ) कृषि क्षेत्र
कृषि चलनको क्षेत्रफः ३९,७०७.३ हेक्टर कृषि बजार केन्द्रहरू ः ४८
दूध उत्पादन (दैनिक) ः २,३४,०३२ लिटर दूध उत्पादन (वार्षिक) ः८७,९८४.७८ मे. टन
दुग्ध उत्पादक सहकारीः २ सय ७० वटा मासु उत्पादन ः ६६९१.३१ मे. टन
पोल्ट्री फर्म ः ४० वटा (दर्ता भएका) नभएका १ सयभन्दा धेरै छन्।

सरकार अस्थायी राजधानीसमेत तोक्न असफल भइरहेको छ। राष्ट्रिय सभाको निर्वाचन नगराई नयाँ सरकार गठन हुन नसक्ने अडान लिएर जनमतविपरीत सत्तामा बसिरहेको सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न आलटाल गरिरहँदा विभिन्न क्षेत्रमा प्रदेशको राजधानी माग्दै प्रदर्शन हुन थालेका छन्। प्रदेश–३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लामा उपयुक्त छ भन्दै पटक–पटक ध्यानाकर्षण गराई शनिबार बनेपामा बहृत् प्रदर्शनसमेत भएको छ।

प्रमुख कृषिवालीहरूः

खाद्यान्न तथा अन्यवालीः धान, मकै, गहुँ, कोदो, जौ, फापर, आलु, उखु, भटमास, दलहनवाली, तेलहनवाली)

तरकारी तथा वागवानी
फलफूल तथा मसलाः सुन्तला, आँप, केरा, अन्य फलफूल, मसला, चिया, कफी।

(ज)पूर्वाधार विकास

प्रमुख दुई राजमार्ग। अरनिको र बीपी। चीन र भारतसँग प्रत्यक्ष जोडिने राजमार्ग।
सडक लम्बाईः १६९२.३ किमि (कालोपत्रे,
ग्रावेल र धुले)

कालोपत्रेः ३३०.९ किमि
ग्रावेलः १८८.५ किमि
धुलेः ११७२.९ किमि
विद्युत् तथा ऊर्जाः २.४ मेगावाटको पनौती
जलविद्युत् केन्द्र
लघु जलविद्युत्बाटः ८०९.१२ किवा
तारसहितको टेलिफोन सेवाः कुल क्षमता ८८७६
टेलिफोन सेवाको कभरेजः १.४८ प्रतिशत
हुलाक सेवाः जिल्ला हुलाकः १, इलाका हुलाकः १२, अतिरिक्त हुलाकः ६०
स्थानीय एफएम रेडियो सेवाः ६
टेलिभिजनः एक वटा
अनलाइनः ६ वटा
स्थानीय पत्रपत्रिकाः ५९ (नियमित सञ्चालन २० वटा)

(झ) उद्योग, व्यापार तथा वाणिज्य
विशेष औद्योगिक क्षेत्र, पाँचखाल (निर्माणाधीन)
लगत सूचीमा परेका उद्योग प्रतिष्ठानः ३५
जिल्लामा सञ्चालन गर्ने गरी उद्योग विभागमा दर्ता भएका उद्योगः १ सय १२
वैदेशिक लगानीका उद्योगहरूः ५५
घरेलु उद्योगः २८६७
व्यापार तथा वाणिज्य फर्मः २१३३
मुख्य व्यापारिक केन्द्रः बनेपा, पनौती, धुलिखेल, पाँचखाल, भकुण्डे, महादेवस्थान, दोलालघाट, मंगलटार, नेपालथोक, दाप्चा, साँगा, जनागाल, खोपासी, कामीडाँडा, तालढुंगा।
वित्तीय सेवा प्रदायक निकायहरूः
वाणिज्य बैंकः १४
केन्द्रीय कार्यालय भएका विकास तथा लघुवित्त बैंकहरूः ८
शाखाको रूपमा क्रियाशील विकास बैंक तथा लघुवित्त बैंकः १३
फाइनान्स कम्पनीः ७
इन्स्योरेन्स कम्पनीः १४
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारीः ३
सहकारी संस्थाः ११८०
विदेश निर्यात हुने उत्पादन तथा उत्पादकः
मायोज चाउचाउ ः हिमालयन स्न्याक्स एन्ड नुडल्स प्रालि (हाल बन्द)
जडीबुटी बिरुवा ः डावर नेपाल
पाउँ⁄अचार ः बुद्ध पाउँ उद्योग
बुद्धचित्त माला

(ञ) खनिज पदार्थः कोइला, मट्टितेल, तामा, चुनढुंगा, स्लेट ढुंगा, साधारण ढुंगा, नुन, सिसा, खरिढुंगा, सेरामिक माटो, कोवाल्ट तथा निकेल धातु।

(ट) राजस्व विवरणः राजस्व संकलन आव २०७३⁄२०७४ः १ अरब १७ करोड ६ लाख ७८ हजार आ.व. २०७२⁄२०७३ः ९० करोड ४३ लाख
आ.व. २०७१⁄२०७२ ः ५२ करोड २४ लाख
आव २०७०⁄२०७१ ः ५१ करोड ३१ लाख
करदाता संख्याः करिब १५ हजार

अन्य आधार तथा पूर्वाधार योजनाहरू
 बनेपा, धुलिखेल र पनौती नगरपालिकालाई एकीकृत गरी व्यवस्थित शहरको विकास गर्ने योजना।
 बनेपा, धुलिखेल र पनौती नगरपालिकामा एकीकृत खानेपानीको कार्य शुरू।

 भक्तपुरदेखि काभ्रेको धुलिखेलसम्मको सडकलाई ६ लेनमा विस्तार गर्ने योजना जसबाट काठमाडौंसम्मको दूरी २५ मिनेटमा पुग्न सकिने भएको।

 नेपाल सरकारबाट पाँचखाल नगरपालिकामा विशेष आर्थिक क्षेत्र निर्माण कार्ययोजना प्रारम्भ भएको।

 पाँचखालसम्म रेल यातायात सेवा ल्याउने चीन सरकारको महत्त्वपूर्ण प्रस्तावित योजना।

 उत्तरी छिमेकी देश चीनसँग जोड्ने अरनिको राजमार्ग, सिन्धुली र बर्दिवास हुँदै भारतसँग जोड्ने बीपी राजमार्गको महत्त्वपूर्ण भाग काभ्रे भएको।

 दक्ष जनशक्ति विकास, गुणस्तरीय शिक्षा र विज्ञान तथा प्रविधि विकासका लागि महत्त्वपूर्ण पूर्वाधारहरूमा काठमाडौं विश्वविद्यालय, आईटी पार्क, बनेपा–नेपाल पोलिटेक्निकल इन्स्टिच्युट र सरकारी प्राविधिक शिक्षालय रहेको।

 काभ्रेलगायत उत्तरपूर्वका हिमाली तथा पहाडी जिल्लाहरूमा सरल, सुलभ यातायात सेवा पुर्याउने यातायात समितिहरूमा काभ्रे बस व्यवसायी संघ, काभ्रे मिनीबस सेवा समिति, हिमाल तराई यातायात सेवा समिति, हेलम्बु यातायात सेवा समिति, अरनिको यातायात सेवा समितिजस्ता सेवा प्रदायकहरूको केन्द्र काभ्रे भएको।

 सुगम तथा प्रदेशको बढी जनसंख्यालाई पायक पर्ने सेवा सुविधा दिन सक्ने पूर्वाधार भएको।

 बनेपा, धुलिखेल र पनौती एकीकृत नगर प्रदेश–३ का सबै जिल्लाबाट नजिक पर्ने आवश्यक पूर्वाधार एवं सुविधा सम्पन्न शहर जहाँ शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, व्यापार, पर्यटनलगायतका शहरी पूर्वाधारहरू अहिल नै मौजुद छन्।

 प्रदेशको धेरै जनसंख्या अहिले पनि काठमाडौं उपत्यकामा नै रहेका छन्। यसमा काभ्रेसँगै छिमेकी सिन्धुपाल्चोक र दोलखाका जनसंख्या जोड्ने हो भने यस प्रदेशको जनसंख्याका लागि काभ्रेले सेवाग्राहीहरूको न्यूनतम समय र यातायात, बसाइँलगायतको खर्चमा अत्यधिक सेवा प्रदान गर्न सक्छ। किनकि यो भेग सुविधा सम्पन्न यातायात सञ्जाल जोडिएको मात्र नभई यहाँ उपलब्ध मध्यमस्तरका होटल एवं होमस्टे सुविधाले अन्य नगरभन्दा यसले प्रतिस्पर्धी मूल्यमा सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।

 काभ्रेमा विस्तार भइरहेको वित्तीय संस्थाहरू वाणिज्य बैंक, फाइनान्स एवं सहकारी संस्थाहरूलगायत कृषि उद्योग, पर्यटन तथा शैक्षिक प्रतिष्ठान, औद्योगिक क्षेत्र एवं प्रतिष्ठान।

 पाँचतारे होटल द्वारिकाजदेखि लज तथा रेस्टुरेस्टहरूको समेत सुविधा। सार्क राष्ट्रका प्रमुखहरूको स्वागतमा काभ्रे जिल्लाको धुलिखेलले त्यहीअनुसारको सुविधा उपलब्ध गराउन सफल भएको।

 ऊर्जाका लागि इन्द्रावती र सुनकोसी नदीसमेतबाट बिजुली उत्पादन गरी सोही आसपासमा पर्यटकीय क्षेत्र एवं तालको रूपमा विकास गरी दोस्रो पोखरा बनाउन सकिने सम्भावनाको अध्ययन गरी डिटेल सर्भे शुरू।