नेपाल समाचारपत्र, चितवन ।
मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग १ ख ५७३१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको बा १ ख ५५५० नम्बरको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको छ । बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर इते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।
गाडीमा सवार सोही गाउँपालिका वडा नम्बर ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नम्बर ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन्। श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।
ट्रक र बस दुवै सडकबाट करिब ५०–६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ। ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ।











प्रतिक्रिया