कार्यालय नै आउँदैनन् कार्यालय प्रमुख, समस्यामा सेवाग्राही

0
Shares

नेपाल समाचारपत्र, बारा ।
इलाका प्रशासन कार्यालय सिमरामा कार्यालय प्रमुख लामो समयदेखि अनुपस्थिति हुदा सेवाग्राही समस्यामा परेका छ । सर्वसाधारण जनताको प्रत्यक्ष सरोकार राख्ने कार्यालयको विगत दुई महिनादेखि प्रमुखविहिन बनेपछि सेवाग्राहीले ठुलो समस्या खेप्न बाध्य बनेका छन् । प्रमुख नहुदा सेवाग्राहीले नागरिकता लगायत अन्य सेवा, सुविधाबाट वञ्चित हुनु परेको छ ।

प्रमुख नहुँदा दैनिक नागरिकता बनाउन र राहदानीको सिफारिस लिन आउने सेवाग्राहीहरु त्यसै फर्किने गरेको कार्यालयका नायब सुब्बा सबिर अन्सारीले जानकारी दिए । कार्यालयमा नागरिकताको लागि दैनिक २०÷२५ र राहदानी सिफारिसको लागि १५/२० आउने गरेको उनले सुनाए । इलाका प्रशाशन कार्यालयबाट सेवा नपाएपछि सर्वसाधारणले राहदानी सिफारिस र नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय कलैया धाउनु पर्ने बाध्यता छ ।

कार्यालयमा लागि एक जना उपसचिव, पाँचजना नायब सुब्बा, दुईजना शाखा अधिकृतलगायत कर्मचारीको दरबन्दी रहे पनि उपसचिव र दुईजना शाखा अधिकृतको दरवन्दी अझै पनि रिक्त छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले कर्मचारी ब्यवस्थाका लागि विभागमा पत्रचार गरिएको र चाढै पदपुर्ति हुने बताए।