सरिता चलाउने, सल्यान ।
सल्यानमा एक महिलाले आफ्नी सौतालाई बन्चरो प्रहार गरी हत्या गरेकी छन् ।
जिल्लाको दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ बर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेकी हुन् ।
हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको प्रहरीले जनाएको छ । मंगलबार राति १० बजे भएको झगडापछि बुधबार बिहान १ बजेतिर कल्पना चन्दले बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
चन्दकोे खोजी भैरहेको र थप अनुसन्धान भैरहेकोे प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । मृतक खत्रीलाइ जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएकोे उहाँले जानकारी दिनुभयो । मृतक खत्रीका ३ छोरी र १ छोरा छन् ।











प्रतिक्रिया