तरुल खन्ने क्रममा माटोको ढिस्कोले च्याप्पीएर मृत्यू

0
Shares

विमल विष्ट, डोटी ।

डोटीमा तरुल खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक बालकको ज्यान गएको छ । डोटीको जोरायल गाउँपालीका ३ सरस्वतीनगरको नौकुणाका ओमबहादुर मगरका १० वर्षीया छोरा तुलबहादुर मगरको माघीका लागि तरुल खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर ज्यान गएको ईलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

घर नजिकैको जंगलमा तरुल खनिरहेका बेला माथिबाट माटोको ढिस्को खसेर च्यापिएका मगरको तत्काल उद्दार हुन नस्कदा ज्यान गएको स्थानीय बासिन्दा मानबहादुर खड्काले जानकारी दिनु भयो ।

मृतक बालक स्थानिय असीम आधारभुत विद्यालयमा कक्षा ३ मा पढ्दै आएका थिए । मृतकको सब बुधबार बिहानै जिल्ला अस्पताल डोटीमा ल्याई पोष्टमार्टम गरीएको छ ।