बिद्यार्थीको हातमा शुसासन शिक्षा माला

0
Shares

धनवीर दाहाल, रुकुम ।
बिद्यालयस्तरबाट नै वालवालीकालाई आधारभुत मानवअधिकार, दिगो शान्ति स्थापना र द्धन्द्धरुपान्तरणका वारेमा आधारभुत ज्ञान शिप प्रदान गर्ने, वालवालीकालाई समाजमा हुने गरेको सामाजिक सदभाव शान्ति र मानवअधिकार उल्लंघन र ज्यादतीका वारेमा जानकार र सचेत गराई समाजमा हुने वालविवाह, जातीय छुवाछुत, लैगिक विभेद अन्याय असमानताका विरुद्धमा अभियानको शुरुवात गरी समाजमा सकारात्मक प्रभाव पार्ने र दिगो शान्ति स्थापना गर्ने उदेश्यले रुकुमका विद्यालय स्तरमा मानवअधिकार तथा सुशासन शिक्षा संचालन गरिएको छ । विगतका वर्षमा यहि कक्षालाई मानवअधिकार तथा शान्ति शिक्षाको नाममा पठन पाठन गरिन्थ्यो भने यसवर्ष पाठ्यक्रम परिमार्जन गरिएको हो ।

रुकुम पश्चिमका ५ विद्यालयहरु जनकल्याण मावि भलाक्चा मुसिकोट नपा १२, दिव्यचक्ष्यु मावि रुँघा त्रिवेणी गापा १, अन्धनासक मावि खारा त्रिवेणी गापा ४, साधारण मावि मुरु त्रिवेणी गापा ७ र जनप्रिय मावि पेउघा त्रिवेणी गापा ८ मा सो शिक्षा सञ्चालन गरिएको छ । पहिलेको पाठय्क्रममा संक्रमणकालीन न्याय, द्वन्द्व, शान्ति, मेलमिलाप लगायतका विषयवस्तु रहेको थियो । अहिलेकोमा मानवअधिकार, नेपालको संविधान २०७२, मौलिक हक, बालअधिकार, बालमैत्री स्थानीय शासन, बालविवाह, बहुविवाह, कानूनी व्यवस्था, स्थानीय तहको गठन प्रक्रिया, नगरपालिका/गाउँपालिका, वडा कार्यालय, न्यायिक समितिबाट सेवा पाउने विधि, सुशासन, जनवकालत लगायतका विषयवस्तु समावेश गरिएको हरप्लेस रुकुमका संयोजक सुरेन्द्र खत्रीले बताए । खत्रीका अनुसार स्थानीय स्तरका सबै संरचना नयाँ भएकोले त्यस क्षेत्रमा सुशासन कायम गर्न यसले मद्दत पुग्नेछ ।

ति बिद्यालयमा मानवअधिकार र सुशासन शिक्षकहरु छनौट गरिएको छ । वर्षमा ४० कक्षाको पाठ्यपुस्तक रहेको र शिक्षकहरुका लागि प्रतिकक्षा १५० रुपैयाँ खाजा खर्च स्वरुप हरप्लेसले उपलब्ध गराउँदै आएको छ । यस शिक्षालाई सबै विद्यालयमा लागु गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मोहनकिशोर ओलीले यो अहिलेको सन्दर्भमा उपयोगी भएकोले गाउँपालिकामा सल्लाह गरेर सबै विद्यालयमा लागु गर्न पहल गर्ने बताए ।

विगतमा शसस्त्र द्धन्द्धले थिलो थिलो पारेको समाजमा द्धन्द्ध प्रतिको नकारात्मक वुझाई सैदान्तिक र ब्यबहारिक रुपमा अवधारणगत स्पस्टताको पार्न, साथै द्धन्द्धका वेलामा पिडित ब्यक्तिहरुका लागी संक्रमणकालीन न्याय मार्फत पिडितका अधिकारलाई सचेतना जगाउन त्यत्तिकै आबश्यक भएको र राज्य पुर्नसंरचनाको क्रममा सम्भावित द्धन्द्धहरुको पहिचान गरि रचनात्मक समाधानका लागी शिप र ज्ञान प्रदान गर्नु अर्को आवश्यकता रहेकोले यिनै विषयबस्तुलाई समेटेर वालवालीकाहरुलाई विद्यालय स्तरमा अनौपचारिक रुपमा छलफल र शिक्षण माफर्त घर परिवार र समाजमा शान्ति शिक्षाको ज्योती फैलाउन विद्यालयमा सो शिक्षा सञ्चालन गरिएको हो ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसले यस्तो शिक्षा बिद्यालयमा संचालन भएपछि चौतर्फी प्रसंशा हुन थालेको छ ।