नेपाल समाचारपत्र, भद्रपुर ।
झापाको भद्रपुरमा घरपालुवा हरिण मारेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्ने भद्रपुर नगरपालिका १० का दीपक राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोहि स्थानका विष्णुमाया कार्कीले १६ बर्षदेखि घरमा पालेको हरिणलाई राजवंशीले मारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र कुमार वस्नेतले जनाए । घरमा कोही नभएको मौका छोपी राजवंशीले हरिण लगेका थिए ।
हरिण मारेको खबर पाएसँगै प्रहरीले उनलाई सोमबार पक्राउ गरि वन कार्यालय झापामा बुझाएको डिएसपी बस्नेतले बताए ।
पक्राउ परेका राजवंशीलाई कार्यालयमा थुनेर राखिएको वन कार्यालय झापाका प्रमुख वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए । मृतक हरिण पनि कार्यालयमा रहेको उनले बताए । राष्ट्रिय निकुञ्ज वन संरक्षण ऐन बमोजिम उनलाई कारवाही हुने सुवेदीले जनाए ।











प्रतिक्रिया