लिटिस्टार अफ द इयर हुँदै

0
Shares

बालबालिकासम्बन्धी प्रतिभामूलक प्रतियोगिता लिटिस्टार अफ द इयर २०१८ हुने भएको छ। प्रतियोगिताका ७० प्रतियोगी अहिले प्रशिक्षणमा छन्।

राजधानीमा आयोजित प्रारम्भिक चरणमा छानिएका प्रतियोगीहरू शिर्ष उपाधि चुम्दै आफ्नो भाग्य चम्काउन गत १८ गतेदेखि नियमित प्रशिक्षणमा जुटिरहेका छन्। प्रारम्भिक चरणको अडिसनमा सहभागी १ सय २० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफभएका हुन्। प्रतियोगीलाई प्रशिक्षणमार्फत निखार्ने काम मोडतथा अभिनेता दिक्पाकार्की, कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल, जीवन गिरीलगायतले गरिरहेका छन्।

७ देखि १४ वर्षसम्मका बालबालिकाले सहभागिता रहेको प्रतियोगितामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरी भिन्दाभिन्दै तीन समूहको विजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक महेश केसीले जानकारी गराए। शिर्षसहित विभिन्न उपविजेतासमेत छानिने प्रतियोगितामा विजेताले विभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएका छन्।