मल्टिपल भिसा


बेइजिङ, (एजेन्सी)
चीनले उच्च प्रतिभाशाली विदेशीलाई आकर्षित गर्न लामो अवधीको भिसा व्यवस्था गरेको छ। उक्त मल्टी एन्ट्री भिसा ५ देखि १० वर्षका लागि वैध हुने चिनियाँ सञ्चार माध्यमले जनाएको छ। यस भिसाका लागि प्राविधिक विशेषज्ञ, उद्यमी र वैज्ञानिकहरूलाई आवेदन गर्न योग्य मानिएको छ। पहिलो पटक ल्याइएको यस योजनाले कम्तिमा ५० हजार विदेशीलाई फाइदा हुने चीनले जनाएको छ। अनलाइनबाट आवेदन दिन सकिने यस भिसाका लागि शुल्क नलाग्ने र चाँडै प्रोसेस हुने बताइएको छ। भिसा पाउनले एक पटकमा १ सय ८० दन देशमा रहन सक्ने र आफ्नो परिवारलाई पनि ल्याउन सक्ने व्यवस्था छ।