आक्रमणमा १३ मारिए


कासाम्यान्स, (एजेन्सी)
दक्षिणी सेनेगलको हिंसाग्रस्त कासाम्यान्स क्षेत्रमा शनिबार भएको एक आक्रमणमा १३ जना मानिसको ज्यान गएको सुरक्षाकर्मीहरूले जनाएका छन्। अस्पतालका कर्मचारीहरूले केहीलाई गोली हानिएको र केहीलाई धारिलो हतियारले अंगभंग गरिएको बताएका छन्। मारिनेमध्ये सबै किशोर–किशोरी रहेको पनि बताइएको छ। सो आक्रमण कसले गरेको हो भन्ने यकिन भइसकेको छैन। सो क्षेत्रमा लामो समयदेखि सरकारी फौज र स्वाधीनताको माग गरिरहेका एमएफडीसी लडाकू समूहबीच हुँदै आएको भीडन्तमा हजारौं व्यक्तिको ज्यान गइसकेको छ। सेनाले यसमा पनि सोही लडाकू समूहको हात हुनुपर्ने बताएको छ।