ए सोल्टीनीमा सविनको भाका

0
Shares

ए सोल्टिनी नामक फिल्मको झुमताना झुमताना बोलको गीत शनिबार सार्वजनिक गरिएको छ। निमा तामाङ लामाको निर्देशनमा बनेको फिल्मको सो गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन्। सुनलाल वाइवाको शब्द र संगीत रहेको लोक शैलीको गीतको भिडियोमा सविन श्रेष्ठ, गंगा राना, ज्ञानबहादुर जिम्बालगायतले नृत्य गरेका छन्। अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको गीत विश्वास भण्डारीले खिचेका हुन्। जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सविन, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बीबी रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन्।