शिवम् सिमेन्टको कीर्ति सम्मान

0
Shares

काठमाडौं, (नेस)
हरेक वर्ष जस्तै यस वर्ष पनि शिवम् सिमेन्टले ‘कीर्ति समारोह २०७४’ आयोजना गरेको छ।
शिवम् सिमेन्टले आफ्ना उत्कृष्ट ६४ डिलर तथा बिक्रेतालाई देशभरका करिब पाँचसय डिलरकाबीच विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो।

नेपाली कलाकारका साथै भारतीय हास्यब्यग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले सम्पूर्ण बिक्रेता तथा डिलरलाई अझ मेहेनत गरी लगनका साथ शिवम् सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो सिमेन्ट बनाउनका लागि आहवन गर्नुभएको थियो। उक्त कार्यक्रमका नेशनल डाइमन्ड अवार्ड विजेता सोहन मुरारकाले यस्तो कार्यक्रमको आयोजनाले डिलर्सहरूलाई थप उत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताउनुभयो।