आयोजकको विजयी शुरूआत

0
Shares

धनगढी, (नेस)
सर्वाधिक राशीको सुदुरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदुरपश्चिम ११ ले विजयी शुरूवात गरेको छ।

शुक्रबार उद्घाटन खेलमा ए डिभिजन क्लब च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा पराजती गर्दै सुदुरपश्चिमले विजयी शुरूवात गरेको हो। बाई पाएर क्वाटरफाईनलमा पुगेकोे घरेलु टोली जितसंगै सेमीफाईनलमा प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। ७१ औं मिनेटमा च्यासलका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए। च्यासलको त्यो अग्रता १४ मिनेट मात्रै टिकेको थियो। दोश्रो हाफको ८५ औँ मिनेटमा सुदुरपश्चिमका विनोद केसीले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए।

पेनाल्टी सुटआउटमा च्यासल क्लवबाट गोल हान्न आएका सुमन लामाको प्रहारलाई सुदुरपश्चिमका गोलकिपर जिवन भट्टराईले रोकेपछि आयोजक जित सहित अन्तिम चारमा प्रवेश गरेको हो। टोलीका नियमीत गोलकिपर अमानत शेख घाईते भएपछि खेलको पहिलो हाफमा मैदानमा प्रवेश गरेका भट्टराई म्यान अफ द म्याच हुदै नगद १० हजार पनि प्राप्त गरे।