भिडियोमा वसन्तीको देशको राजा

0
Shares

गायिका वसन्ती लामा र राज सरगमको स्वरमा आधुनिक गीत मायाको देशको राजा म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। दिनेश सुवेदीको शब्द रहेको गीतमा संगीत सयोजन तथा संगीत बाबुल गिरीले तयार पारेका छन्।

युवायुवतीको प्रेमलाई विषय बनाई रोमाञ्चक शैलीमा निर्माण गरिएको भिडियोमा मोडल सपना केसी र एसएलएसको अभिनय रहेको छ। आफ्नो अन्य गीतजस्तै यो गीतबाट पनि दर्शकको माया पाउने विश्वास रहेको गायिका वसन्ती लामाले बताइन्।

संगीत सागरले निर्देशन गरेको भिडियोलाई शिवानी सागरले सहनिर्देशन गरेकी छिन्। म्युजिक भिडियोको दृश्य निर्माण दीपक एन्ड किस्मत फिल्मी चक्करले गरेका हुन् भने छायांकन अनिल पुनले गरेका छन्।