क्यान्सर रोगी छोराका लागि सहयोगको अपिल

0
Shares

सरिता चलाउने, सल्यान
छोराको वाँया खुट्टामा क्यान्सर भएपछि सल्यानका पट वहादुर वुढाथोकीले आफुलाई सहयोगको अपिल गर्नुभएको छ। जिल्लाको दार्मा गाँउपालीका वडा ३ झुलेली वस्ने पट वहादुर वुढाथोकीले १४ बर्षिय छोरा कमल वुढाथोकीको वाँया खुट्टामा क्यान्सर भएका कारण उपचारका सहयोगको लागि आग्रह गर्नु भएको हो।

बुढाथोकीलाई उपचारका लागि पाँच लाख खर्च लाग्ने भएकाले सहयोग गरिदिन हुन उहाँले आग्रह गर्नुभएको छ। छोराको वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा अप्रेसन भई अहिले सम्म दश लाख खर्च भैसकेको बताउनु भएको छ।

वुढाथोकीलले भन्नु भयो’ –‘घरको सबै सम्पत्ती वेचि सकियो, अव थप उपचार गर्नेको लागी आफ्नो पारीवारीक स्थितिले नस्कने भएको छु,। छोराको भविष्यको जिवन उज्जोल बनाउनको लागी सहयोयको अपिल गर्दछु।’ उहाँले पैसाको अभाब भएपछि अहिले छोरा घरमै उपचारको अभाबमा छटपटाईरहेको बताउनु भएको छ। २०७३ को फागुनमा क्यान्सर हस्पिटल भरतपुर चितवनमा क्यानसर रोग पत्ता लागीसके पछि बुढाथोकीको छोराको खुट्टा काटिएको थियो। उहाँले आफु छोराको निरन्तर उपचारमा लागीरहेको बताउनु भयो। उपचार गर्दा गर्दा गर्दै आफु सँग भएको दश लाख रूपैया सकिएको र अब ५ लाख लाग्ने भएकाले आफु संग त्यो पैसा नभएको बताउनु भयो।

उपचार गर्न जान, बस्न, खानसमेत पैसाको अभाब रहेकाले बुढाथोकीले दार्मा गाउँपाकाको कार्यलयमा सहयोग मागेको र गाउँपालीका बाट २० हजार रकम सहयोग दिने निर्णय भएको बताउनु भयो। उहाँले सहयोग गर्ने चाहदे ईच्छुक समुह, संस्था, वा ब्क्तिलाई लक्ष्मी वैङ्कको खाता नम्वर ०४०४३००१४८२ मा जम्मा गरी दिनुहुन वा ९८२२८०३४१८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्नभएको छ।

उहाँले आफ्नो छोराको उपचारमा सहयोग गरीदिनु हुन देश तथा विदेशमा रहनु भएका सम्पुर्णले आफनो सक्दो सहयोग गर्न अपिल गर्नु भएको छ।