समाचारपत्रकर्मी सम्मानित

0
Shares

काभ्रे, (नेस)
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनालाई पत्रकारिता क्षेत्रबाट सहकारीमा योगदान पुर्याएबापत सम्मान गरेको छ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्षसमेत रहेका तिमल्सिनालाई नेफ्सकुनका केन्द्रीय अध्यक्ष डिबी बस्नेत र संस्थाकी अध्यक्ष तीर्थमाया प्रधानले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो। सो अवसरमा अध्यक्ष बस्नेतले सहकारीहरू बचत गरेर ऋण लगानी गर्नेभन्दा आर्थिक समृद्धिका लागि व्यावसायिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। सोही कार्यक्रममा अध्यक्ष बस्नेत र नेफ्सकुनका तालिम अधिकृत एवम् तालिमका प्रशिक्षक कृष्णप्रसाद आचार्यलाई सम्मान पनि गरिएको थियो।

पनौती नगरपालिकामा १९ वर्षअघि स्थापित उक्त सहकारीमा बालबालिका, महिला गरी ३ हजार १ सय शेयर सदस्य रहेका छन्। सो बचतकी अध्यक्ष प्रधानले समाजमा बोल्नसमेत धक मान्ने महिलाले करोडौंको कारोबार गरी बचत संकलन र ऋण लगानीमार्फत आत्मनिर्भर बन्न सकेको बताउनुभयो।