दीपिका बर्थडेमा रणवीरसँग इन्गेजमेन्ट गर्दै !

0
Shares

भोलि शुक्रबार बलिउड नायिका दीपिका पादुकोण ३२ वर्ष पुग्दै छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी यस वर्षको बर्थडे धुमधामका साथ मनाउँदै छिन् र यसका लागि श्रीलंकालाई छानेकी छिन्। उनी पछिल्लोपटक आफ्नो फोटोसुटका लागि पनि श्रीलंका नै पुगेकी थिइन्।

उनले त्यहाँ पुगेर गराएको बिकिनी फोटोसुट निकै मन पराइएको थियो। समाचारमा चर्चा गरिएअनुसार दीपिका आफ्नो बर्थडे नायक प्रेमी रणवीर सिंहका साथ मनाउँदै छिन्। यसका लागि रणवीर सिंह आज बिहीबार नै श्रीलंका जाँदै छन्। त्यसपछि दीपिका पनि त्यहाँ पुग्नेछन्। प्रेमीजोडी भएका कारण फ्यानले दीपवीर भन्ने गरेको यो जोडीले त्यहाँ क्वालिटी टाइम बिताउने छन्। यद्यपि यो जोडीको पछिल्ला दिन तनावपूर्ण रहेको थियो। यी दुईको फिल्म पद्मावती विवादमा फसेको छ र अझैसम्म रिलिज हुन सकेको छैन। जसका कारण दुवै निराश छन्। चर्चा छ कि बर्थडे मनाएर यो जोडी सबै तनावलाई भुल्ने कोशिस गर्दै छन्।

बलिउडमा चर्चा चलेअनुसार दीपिकाको यो बर्थडेका दिन यो जोडीले आफ्नो सम्बन्धलाई अर्को स्तरमा लान सक्ने छन्। यी दुईले बर्थडेकै दिन इन्गेजमेन्ट गरेर सबैलाई आश्चर्यमा पार्न सक्ने छन्। तर, हाललाई यी सबै कुरा अनुमानका विषयमात्र हुन्। रणवीर सिंह यस समय सिम्बा नामक फिल्ममा काम गर्दै छन्, जसलाई रोहित शेट्टीले बनाउँदै छन्। दीपिका पनि आफ्नो नयाँ फिल्म गर्दै छिन्।