सैनिक प्रवक्तामा भण्डारी

0
Shares

काठमाडौं, (नेस)
जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गोकुल भण्डारीले सम्हाल्नुभएको छ। सहायक रथी नैनराज दाहालले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नुभएको हो।

करिब ३ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगत्का सबै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा विशेष गरी डिफेन्स विटसँग सम्बद्ध पत्रकारहरूबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी श्री दाहालले आभार प्रकट गर्नुभएको छ।

सहायक रथी भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगत्बीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चारजगत्को अझ बढी सहयोग रहने विश्वास नेपाली सेनाले लिएको छ।