लिन्डसेको बक्यौदा कर ६४ लाख डलर

0
Shares

फ्रिकी फ्राइडे, मीन गर्लजस्ता हलिउड फिल्ममा भूमिका निर्वाह गरेर चर्चा कमाएकी हलिउड नायिका लिन्डसे लोहान फेरि चर्चामा छिन्। तर मुद्दा भने फिल्मी होइन, उनी अर्कै विषयले चर्चामा छिन्।

एजेन्सीका अनुसार उनी ६४ लाख डलर ट्याक्स नतिरेका कारण चर्चामा आएकी हुन्। समाचारमा जनाइएअनुसार उनले सन् २०१०, २०१४ र २०१५ मा भएको कमाइको ट्याक्स तिरेकी छैनन्। प्ले ब्वाइ पत्रिकाका लागि न्युड फोटो सुट गराइसकेकी उनी द केन्यन्स नामक फिल्ममा अन्तरंग दृश्य दिएका कारण चर्चामा आएकी थिइन्।

उनले सन् २००४ मा स्पिक नामक एल्बम निकालेर सांगीतिक जीवनको शुरुआत गरेकी थिइन्। पछिल्लो समय उनी थाइल्यान्डमा बुर्किनीमा देखिएकी थिइन्। बुर्किनी महिलाहरूको एक प्रकारको लुगा हो। जसमा बुर्का र बिकिनीको कम्बिनेसन हुन्छ। बुर्किनीमा लिन्डसेको फोटो सुट र इस्लाम धर्मप्रति उनको रुचिबारे सोसल मिडियामा उनलाई मिश्रित प्रतिक्रिया मिलेको थियो।