चर्चमा आक्रमण


अबुजा, (एजेन्सी)
दक्षिणी नाइजेरियामा नयाँ वर्षको चर्च सर्भिसको दौरान बन्दुकधारीहरूले आक्रमण गदौ कम्तिमा १६ जना मानिसको मृत्यु भएको मंगलबार प्रहरीले जनाएको छ। मध्यरातिको सर्भिसमा सहभागी भएका भक्तजनलाई सोमबार बिहान सबेरै एम्बुसमा पारेर मारिएको प्रहरीले बताएको छ। तेलका लागि निकै धनी मानिने रिभर्स राज्यमा भएको यो आक्रमण प्रतिद्वन्द्वी गिरोहहरूबीचको आपसी तनावसँग सम्बन्धित भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। ती बन्दुकधारीले नजिकबाट ताकीताकी तिनीहरूको हत्या गरेका थिए। ओमुकु शहरमा नयााँ वर्षको उपलक्ष्यमा पडकाइएको पटाकाका कारण सो आक्रमण तत्काल थाहा हुन सकेको थिएन।