नवाज साउदी अरेबियामा


इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ र पन्जाब प्रान्तका मुख्य मन्त्री सेहबाज सरिफले सउदी युवराज मोहम्मद बिन सलमानसँग सोमबार राति करिब डेढ घन्टा लामो बैठक गरेको सरिफ परिवारका प्रवक्ताले पुष्टि गरेका छन्। उक्त बैठकपछि नवाज मदिनाबाट रोजा इल रसुलतर्फ प्रस्थान गरेको र अहिले उनी उमराहका लागि मक्कामा पुगेको बताइएको छ। देशमा सरिफले आफू र उनका परिवार विरुद्ध उठिरहेको भ्रष्टाचारको मुद्दाबाट बच्न साउदी अरेबियामा शरण लिने विकल्प चयन गर्न सक्ने सञ्चार माध्यमहरूले अनुमान गरेका छन्। यसअघि सैनिक विद्रोहमा सत्ताच्युत हुँदा पनि उनले साउदी अरेबियामा शरण लिएका थिए।