‘जेसिज न्यानो अभियान’ शुरू

0
Shares

काठमाडौं, (नेस)
पाटन जेसिजले नयाँ वर्ष सन् २०१८ को अवसरमा ‘जेसिज न्यानो अभियान’को शुरूआत गरेको छ। जेसिसले १५ जना वृद्धवृद्धालाई स्वेटर र टोपी वितरण गरेर अभियानको शुरूआत गरेको हो।

‘मानवसेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसिजको मूल नाराअनुसार खुमलटारस्थित मञ्जुश्री वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई न्यानो कपडाको वितरण गरिएको उक्त कार्यक्रमका संयोजक तथा पाटन जेसिजका उपाध्यक्ष जेसी रोजिना थापाले बताइन्।

जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजेश न्याछ्यौ, जेसिज क्षेत्र ‘ग’ का राष्ट्रिय निरोपित कार्यकारी उपाध्यक्ष जेसी पद्मविक्रम सिंह, पाटन जेसिजका पूर्वअध्यक्ष जेसी सम्राटमान जोशीको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो। उक्त कार्यक्रममा पाटन जेसिजका वर्ष २०१८ का सम्पूर्ण पदाधिकारी उपस्थित थिए।

चिसोमा न्यानो कपडा अत्यावश्यक चिज भएकाले अशक्त वृद्धवृद्धाहरूलाई सहयोग गर्नु नै अभियानको उद्देश्य
भएको बताउँदै पाटन जेसिजका अध्यक्ष जेसी सुमन श्रेष्ठले भने, ‘यो अभियानलाई नेपाल जेसिजका देशभरि रहेका ४ वटै क्षेत्रमा पुर्याउनेछौँ।’