लमजुङमा नृत्यको स्पर्धा

0
Shares

लमजुङ, (नेस)। लमजुङमा तमु ल्होछार पर्वका अवसरमा विविध कार्यक्रम गरिएको छ।यस क्रममा जिल्ला सदरमुकाममा बेंसीशहरमा टोलस्तरीय नृत्य प्रतियोगिता गरिएको छ। प्रतियोगितामा प्रगतिटोल प्रथम भयो। तमु ल्होछार गुरुङ समुदायले चरा वर्गलाई बिदाई गरी कुकुर वर्गलाई स्वागत गरेर विशेष हर्षाेल्लासका साथ मनाउने क्रममा सो प्रतियोगिता गरिएको हो। तमु छोँज धिँ गुरुङ राष्ट्रिय परिषद् बेंसीशहर एकाइको आयोजनामा ल्होछार विशेष कार्यक्रमसहित नृत्य प्रतियोगिता गरिएको हो।

प्रतियोगितामा भाग लिनका लागि अनिवार्यरूपमा गुरुङ भाषाका गीत र पोसाकमा नृत्य गर्नुपर्ने शर्त राखिएको आयोजक समितिका संयोजक गरुङ भाषा संस्कृतिका अभियन्ता क्या. रणबहादुर गुरुङले बताए।

प्रतियोगीतामा मनाङेचौतारा टोल द्वितीय तथा सहजी टोल तृतीय भएका छन्। त्यस्तै शेरा र शान्ति टोलले सान्त्वना स्थान हासिल गरेका छन्। विजयीहरूलाई क्रमशः नगद ७, ५, ३ र १⁄१ हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा टोलस्तरीय आमा तथा बाबा समूहले मनोरञ्जनका लागि अप्रतियोगी नृत्य प्रस्तुत गरेका थिए।