नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल तामाङ घेदुङको नेतृत्वमा मंगलबार सोनाम ल्होछार मुल समारोह समिती गठन भएको छ । घेदुङको केन्द्रिय कार्यालय पुतलीसडकमा बसेको विभिन्न संघसंस्थाको संयक्त बैठकले १ हजार १ जनाको मुल समारोह समिती गठन गरेको हो ।
समिति गठन सँगै घेदुङले तामाङ समुदायले मनाउने सोनाम ल्होछार भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
तामाङ पहिलो महिना ख्रे ला छेपागि अर्थात विक्रम सम्वतको फागुन ४ गते नागी ९खि० ल्हो २८५४ भब्य रुपमा मनाउने निर्णय भएको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने नारा तय गरिएको छ । भने बैठकले विविध सांस्कृतिक महोत्सवसहित काठमाडौंमा यहि आउँदो फागुन २, ३ र ४ गते बृहत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
यस्तै देश तथा विदेशमा रहेका सम्पुर्णमा घरघरमा एवं सामुहिक रुपमा धार्मिक र सांस्कृतिक पर्वका रुपमा ल्होछार मनाउन आह्वान गरेको छ । विक्रम सम्वतको क्यालेण्डरमा यहि आउँदो माघ ४ गते सोनाम ल्होछार भनि उल्लेख भएको विदा गलत भएकोले त्यसको भ्रममा नपर्न सम्पूर्णमा मुलसमारोह समितीले आग्रह गरेको छ । सरकारलाई यसअघि नै नमिलेको विदाको बारेमा सच्याउन आग्रहसहितको ध्यानाकर्षण गराइसकेकोले सच्चिएर आउनेमा विश्वस्त रहन पनि आम तामाङ समुदायलाई समितीले आग्रह गरेको छ ।











प्रतिक्रिया