मोटरसाईकल दुर्घटनामा दुई जनाको ज्यान गयो

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
सप्तरीको कठौना पातो सडकखण्डमा दुई मोटरसाईकल आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ। सोमबार राती ९ वजेतिर स४प १२१९ न. को मोटरसाईकल चढेर घरबाट कठौना बजार आउँदै गरेको डाकनेश्वरी नपा १ कविलाशा वस्ने २५ वर्षिय दिपेश चौधरी र २३ वर्षिय दिपक चौधरीको मृत्यु भएको हो।

सोहि दिशावाट आएको बा २४ प २८६१ न. को मोटरसाईकले ओबरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। तिव्र गतिवमा रहेका दुवै मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुदाँ गम्भिर घाईते भएका चौधरीद्वयलाई तत्कालै स्थानीयवासी र प्रहरीले उद्धार गरी लहान स्थित सप्तऋषी अस्पतालमा उपचारका लागि भर्ना गराएका थिए।

उपचारकै क्रममा राति १२ वजेतिर उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। ठक्कर दिने वा २४ प २८६१ न.को मोटरसाईकल सहित चालक डाक्नेश्वरी नपा ३ का १९ वर्षिय गयानन्द चौधरीलाई नियन्त्रणमा लिई कारवाही सुरु गरिएको सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।