एमाले अध्यक्ष ओली एक्कासी बिरामी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ ।

ओलीले घरमै बसेर औषधि खाइरहेका छन् । चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।