मध्यरातमा स्कुटर हाँक्दा दुर्घटनामा परी एक युवकको ज्यान गयो

0
Shares

काठमाडौँ, काठमाडौँ तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनाबाट गम्भीर घाइते आलेको उपचारका क्रममा निजामती अस्पताल, मीनभवनमा निधन भएको हो ।
रासस