नबुझ्या कुरो


नेकपा एमाले निकटका बौद्धिक जमातको एउटा संस्था छ– ‘पेसागत विशेष जिल्ला कमिटी।’ काठमाडौंको बागबजारमा सो संस्थाको कार्यालय छ।

कार्यालय परिसरमा झुन्डाइएको संस्थाको बोर्डको माथिल्लो लहरमा माक्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवाद (जबज) को नारा हाइलाइट गरेको देखिन्छ।

तर, धरहराले अलिक सूक्ष्म ढंगले नियाल्दा बोर्डको सिरानमा उल्लेख गरिएको शब्द भने केही पृथक देख्यो। ‘लेलिनवाद’ को बदलामा ‘लेनिनवाद’। दोहोर्याई–दोहोर्याई नियाल्दा पनि ‘लेनिनवाद’ नै देखिन्छ। शिक्षक, प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियरसहित विभिन्न पेसाका बौद्धिक वर्ग अटाएको संस्थाले पक्कै अञ्जानमा गल्ती त गर्या हैन होला।

पछिल्लो समयमा एमाले र माओवादी मर्ज भएर एउटै पार्टी बन्ने गृहकार्य अघि बढिरहेका बेला ‘लेलिनवाद’ लाई समयसापेक्ष बनाउन ‘लेनिनवाद’ पो बनाइएको हो कि ? धरहराले अन्योलमा छ। बौद्धिक जमातबाट धरहराले सुझाव अपेक्षा गर्या छ।