राजदूत फिर्ता

0
Shares

रमल्लाह, (एजेन्सी)
प्यालेस्टाइनले अमेरिकाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको घोषणा गरेको छ। प्यालेस्टिनी अधिकारीहरूले राजदूतसँग विचार विमर्सका लागि फिर्ता बोलाइएको बताएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको घोषणा गरेको कैयौं हप्तापछि यो कदम अगाडि आएको हो। प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अमेरिकाको उक्त नीतिपछि अमेरिकाको कुनै पनि शान्ति योजनालाई स्वीकार नगर्ने बताएका थिए। ट्रम्पको उक्त घोषणापछि गाजापट्टीमा भएका कैयौं झडपमा कम्तीमा १३ प्यालेस्टिनी मारिएका थिए।