पुनमको अर्को अवतार

0
Shares

बलिउड मोडल तथा अभिनेतृ पुनम पाण्डेको गन्ती बलिउडको हट नायिकामा हुने गर्छ। उनी सामाजिक सञ्जालमा आफ्नो बिकनीवाला हट फोटोसुट शेयर गरेर सदैव चर्चामा रहने गर्छिन्।

हरेक वर्षजस्तै यस वर्षको क्रिसमस र नयाँ वर्षको अवसरमा उनले आफ्ना फ्यानलाई उपहार दिने कोशिस गरेकी छिन्। एकपटक फेरि उनले सामाजिक सञ्जालमा केही नयाँ लिएर आएकी छिन्। उनले फेरि आफ्नो एक नयाँ उत्तेजक भिडियो सार्वजनिक गरेकी हुन्। उनी आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पोस्ट गरेको तस्वीरमा टपलेस देखिन्छन्। पुनमले जिंगल बेल सङको नया भर्सन पनि निकालेकी छन्। उनले यो भिडियोलाई जिंगल बुब्स नाम दिएकी छिन भने क्रिसमसलाई पनि अलग नाम किस मस नाम दिएकी छिन्।

स्मरण रहोस् सन् २०१५ को क्रिसमसमा पुनमले जिंगल बुब्स नामले नै आफ्नो हट फोटो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् भने सन् २०१६ को नयाँ वर्षमा पनि आफ्नो हट फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।