प्रदर्शनमा हिंसा


तेहरान, (एजेन्सी)
इरानभरि भएका सरकारविरोधी प्रदर्शनको क्रममा आइतबार राति कम्तीमा १० व्यक्तिको ज्यान गएको इरानी सरकारी टेलिभिजनले जनाएको छ। बिहीबारदेखि सरकारीस्तरमा हुने गरेका भ्रष्टाचार र खस्कँदो जीवनस्तरलाई लिएर सो प्रदर्शन शुरू भएयता अहिलेसम्म १२ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। हिजो इरानी राष्ट्रपति हस्सन रुहानीले प्रदर्शन र आलोचना चेतावनी नभई अवसर भएको बताएका थिए। उनले राष्ट्रको आर्थिक समस्या समाधानका लागि राष्ट्रले मिलेर काम गर्नुपर्ने बताएका छन्। यसअघि उनले जनताले शान्तिपूर्वक प्रदर्शन गर्नेसक्ने बताएका थिए।