जहाज नियन्त्रणमा


सोल, (एजेन्सी)
दक्षिण कोरियाली सरकारले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदद्वारा आणविक हतियार विकास गरेको कारण उत्तर कोरियामाथि लगाएको नाकावन्दि उल्लंघन गर्दै प्योंगयांगलाई तेल उपलब्ध गराइरहेको आशंकामा दोश्रो जहाज कब्जामा लिएको सरकारी अधिकारीहरुले आइतवार जनाएका छन्। पनामाको झण्डा बोकेको कोटी नामक उक्त टैकरलाई दक्षिण कोरियाको पश्चिमी शहर पेओन्गतायक नजिकको बन्दरगाहमा नियन्त्रणमा लिइएको बताइएको छ। दक्षिण कोरियाले यसअघि नै उत्तर कोरियालाई गोप्य ढंगले तेल आपुर्ति गरेको आशंकामा हंगकंगमा दर्ता गरिएको एउटा जहाज नियन्त्रणमा लिइसकेको छ।