लन्डनपछि इस्तानबुलमा लिली बिली

0
Shares

नेपाली फिल्म पनि हिजोआज विदेशमा सुटिङ हुन थालका छन्। ठुलो लगानी र विदेशमा रहेका नेपालीको पहुँच बढ्दै जाँदा विदेशमा पनि नेपाली फिल्मको सुटिङ हुन थालेको हो।
यसै क्रममा लिली बिली नामक फिल्म लन्डन र स्कटल्यान्डमा सुटिङ पूरा गरी इस्तानबुल पुगेको छ। लिली बिली युनिट गीतको सुटिङका लागि अहिले टर्कीको इस्तानबुल पुगेको छ। निर्मातामध्येका एक गोविन्द शाहीका अनुसार लन्डन र स्कटल्यान्डका विभिन्न रमणीय शहरमा सुटिङ पूरा गरी यसको युनिट इस्तानबुल पुगेको हो।

काफिया फिल्म्स् प्रालिको ब्यानरमा मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काद्वारा निर्मित फिल्म मिलन चाम्सले निर्देशन गरेका छन् प्रदीप खड्का, अनुविक्रम शाही, प्रियंका कार्की, जस्टिया गुरुङ, सविन श्रेष्ठलगायत यसमा प्रमुख भूमिकामा छन् फिल्म आगामी चैत ३० गते अल नेपाल रिलिज हुँदै छ।