कलाकार ढुंगानालाई मातृशोक

0
Shares

कलाकार तथा अधिवक्ता कृष्ण ढुंगानालाई मातृशोक परेको छ।

उनकी आमा सावित्रीदेवी ढुंगानाको बिहीबार राति साँढे ११ बजे कलंकीको टयाङ्लाफाँटस्थित निवासमा निधन भएको हो। २००३ सालमा सिन्धुपालचोकमा जन्मिएकी उनी केही समयदेखि मुटु रोग र अल्जाइमरको समस्या ब्यहोर्दै आइरहेकी थिइन्। कृष्ण उनको एकमात्र सन्तान हुन्। उनको शुक्रबार अन्तिम संस्कार गरिएको छ। कृष्ण र उनको परिवार निवासमै कोरा बसेका छन्।