तरकारीले मालामाल

0
Shares

ललित सिंह, बझाङ्ग । हातमा कुटि र हसिया बोक्दै पुषको चिसोमा रात दिन तरकारी बारीमा खटिएकी छन ६२ बर्षिया माता स्नेहि उनी भन्छन परिश्रम गरे रोजगारीको लागी अरुको मुख ताक्नु पदैन । खेतमै पैसा फल्छ आफुले टिप्न मात्र सक्नु पर्छ ।
लेकाली भेगमा हिपात परेको छ पानी परे संगै चिसो निकै बढेको भए पनि एका बिहानै बारी बाट टमाटर , मुला र रायो टिपेर तरकारी ब्यापारीलाई होलसेलमा दैनिक ५ सय देखि १ हजार सम्मको बिक्रि गर्न गरेको जय पृथ्बी नगरपालीका ११ की ६२ बर्षि माता स्नेहिले बताए ।
उनले भने आफनो जमीन थोरै छ अरुको चार रोपनी जमीनमा तरकारी खेती गरेको छु घरमा खाना खाने समय र राती ४ घण्टा सुत्नु बाहेक अरु समय बारीमा नै बित्ने गरेको छ । परिश्रम गरे अरुको मुख ताक्नु पदैन । खेतमै पैसा फल्छ ।७ जनको परिवार सदरमुकाम चैनपुरको मंहगी भए पनि कसैलाई गुहारर्नु परेको छैन । तरकारीको कामई बाट छोरालाई बिएड र बहुरीलाई आईएड जय पृथ्बी बहुमुखि क्यापसमा पढाई रहेकी छु ।
उमेरमा अरुको खेत बारीमा काम गरियो बुढेसकालमा छिमेकी गाउँको तरकारी ब्यबसाय गर्न गोपी जोशीको प्रेणाले तरकारी खेतीमा लोगेकी हुन ।वारिमा टमाटर , मुला , आलु र भन्टा लगाएत मौसमी र बेमौसमी तरकारी फलाएकी छु मिहेनेत निकै गर्नु पर्छ अगानिक तरीकारी हो सधै गोठे मल प्रयोग गर्न भएकाले कतिय पए घरमै तरकारी लिन आउने गर्छन । महिनामा २० देखि ३५ हजार सम्म आन्दानी हुने गरेको छन । तरकारी खेती बाट चैनपुरमा चार कोठाको पक्कि घर बनाएकी छु छ बर्ष देखि तरकारी खेतीमा गदै छु ।
तरकारी खेतीको आम्दानी बाट कान्छो छोरा मेख जोशीलाई काठमाडौमा आइएसि पढाई रहेको छु माईली छोरी बिएड गदै छे जेठो छोरा मथुराज पाध्या कोरिया रोजगारी गर्न तरकारी कै आम्दानि बाट कमाई गरेको पैसा बाट पठाएको छ चैनपुर बजारमा १२ कोठाको ३० लाख भन्दा बढि र्खच गरेर पक्कि घर बनाएको छु आम्दानीको अन्य स्रोत छैन सबै सम्पति र छोरा पढाउने काम तरकारी बाट गरेको जय पृथ्बी नगरपालीका ४ का किडा पाध्याले बताए
उनले भने तरकारी खेती गर्न थालेको १५ बर्ष भयो कसैको सहयोग छैन सबै तरकारी बाटै जम्मा गरेको हु अहिले १० रोप्नी जमीनमा मौसमी र बेमौसमी तरकारी खेती छ संगै फलफुल खेती पनि गरेको छु । उमेरले ६६ बर्ष भयो घर र सदरमुकाम चैनपुर बाहेक अन्य ठाउँ गएको छैन ५ जनाको परिवार सबै तरकारी खतीमा लागेका छु । अहिले दैनिक १ हजार देखि २५ सय सम्म आम्दानी लिने गरेको छु ।
सिजनमा टमाटारको २० रुपैया भन्दा बढि पाईदैन अहिले सदुमुकाम चैनपुरमा १ सय रुपैया छ मुला ३० रुपैया केजि , रोयो धनिया,चमसुर प्रति कुठिरु १० रुपैया लिने गरेका छन । जिल्लामा तरकारी खेतीको सम्भावना हुदा हुदै कसैले पनि तरकारी खेती गदैन् सबै जना तराईको रासायनिक मल प्रयोग गरेको तरकारीमा निभर हुने गरेका छन ।
सदरमुका चैनपुर वरपर ठुला ठुला खेती योग्य जमिनका फाँट छन पानी पनि प्रशस्त मात्रामा छ कृषक निकै अलक्षि छन । सबैले धान गुहँ मात्र लगाउने गर्छन । तरकारी खेती तिर आर्कषण निकै कम छन सोचे जती तरकारी खेतीमा कार्यालयले लगाउन सकेको छैन पटक पटक तालीम दिएको छ कृषको खेतवारीमा आफै पुगेको बरिष्ट कृषि बिकास अधिकृत राजेश कुमार के.सिले बताए ।
उनले भने तरकारीको सम्भावना धेरै छ कृषकलाई हौसला दिन पटक पटक तरकारी कृषलाई पुरुष कृत पनि गरिएको छ । अब को दुई बर्ष भित्र बझाङ्गलाई तरकारी आयत हैन निरायत जिल्ला बनाउने योजनामा कार्यालय लागेको छ । जिल्ला भरिमा कुल खेती योग्य जमीन २८ हजार २ सय १४ हेक्टर रहेको छ । यस मध्य ६ हजार ४२ हेक्टर पुर्ण सिचाई हुने र ३ हजार ९ सय १३ आंकसिक रहेको छ भने १८ हजार २ सय ५९ हेक्टर सबै पाखो हो ।