ऐतिहासिक विवाहको आयोजना


मेक्सिको सिटी, (एजेन्सी)
विगतका दिनमा अमेरिका र मेक्सिकोको सीमा ऐतिहासिक विवाहको आयोजना गर्ने दुलहा लागु पदार्थ तस्कर निस्कको छ। त्यतिबेला उसको पुष्ठभुमीको जाँचमा अधिकारीहरूले कुनै खराब कुरा फेला पार्न सकेका थिएनन्। तर अहिले उसलाई हिरोइन तस्करको मामिलामा दोषी ठहर्याइएको खुलासा भएको छ। उनलाई अर्को बर्ष फेब्रुअरीमा सजायँ सुनाइने बताइएको छ। हाल उनी जमानतमा रिहा भएको जनाइएको छ। अमेरिकी सरकारले ब्रायन ह्युस्टन नामक ती ब्यक्तीलाई सीमामा विवाहका लागि अनुमति दिएको थियो। ‘डोर अफ होप ‘नामक उक्त अभियानको हिस्साका रूपमा रहेको उक्त विवाह भएको बताइएको छ।