हाँसोलाग्दो गल्ति


कोपनहेगन, (एजेन्सी)
क्रिशमसका समयमा कोपेनहेगनमा ट्याक्सी भनी ठानेर प््रहरीको कार चढ्न पुगेका एकजना लागु औषध व्यवशायी प्रहरीको फन्दामा परेका छन्। डेनिस प्रहरीले घर जान हतारिएका ति व्यक्तिले साथमा चरेश भरिएका १ हजार वटा चुरोट बोकेको जानकारी दिएका छन्। सत्तरीको दशकमा हिप्पीहरूले स्थापना गरेको अर्ध स्वायत्त जिल्लाको राजधानी क्रिस्टियानियामा यो घटना घटेको हो। यो स्थान लागु औषध व्यापारका लागि कुख्यात रहेको छ। डेनमार्कमा चरेश सेवन अवैध मानिन्छ। प्रहरीले उनलाई आवशया कारवाही गरिने जानकारी दिएको छ।