समारोहमा नपुग्दा अवार्डबाट वञ्चित?

0
Shares

सदैव केही न केही बाहनामा चर्चा र विवादमा रहने बलिउड नायिका कंगना रनावत एकपटक फेरि विवादमा तानिएकी छिन्। उनी एक कुराकानीमा अवार्ड समारोहबारे आफ्नो फरक अनुभव शेयर गरी विवादमामा तानिएकी हुन्।

एक भारतीय अनलाइनमा प्रकाशित समाचारअनुसार उनले भनेकी छिन्– ‘मलाई याद छ केही वर्षअघि जब म एक अवार्ड कार्यक्रममा ढिलो पुगेकी थिएँ, उक्त अवार्ड म ढिलो पुगेकै कारण अरू कसैलाई दिइयो। आयोजकले मलाई भनेका थिए तपाईंले फिल्म मेट्रोका लागि अवार्ड पाउँदै हुनुहुन्छ। त्यसैले समयमै आउनु। तर उक्त समय म ट्राफिक जामको कारण समयमा पुग्न सकिनँ, केवल १५ मिनेट ढिलो भएको थियो। त्यहाँ पुग्नुअघि बाटोमा मलाई तपार्इं कहाँ पुग्नुभयो भनेर फोन आइरहेको थियो तर केही समयपछि फोन आउनै छोड्यो। जब म कार्यक्रममा पुगें, उक्त अवार्ड फिल्म रंग दे वसन्तीका लागि सोहा अलि खानलाई दिइसकिएको रहेछ।’

उनले अगाडि भनेकी छीन्– ‘सन् २०१४ मा १ पटक म अमेरिकामा स्क्रिन प्ले राइटिङको कोर्स गरिरहेको थिएँ, त्यही बेला मलाई फिल्म फेयर अवार्डको तर्फबाट फोन आयो। मलाई क्रिस ३ का लागि अवार्ड मिल्नेवाला छ र एक दिनका लागि भारत आउनु भनियो। तर म आफ्नो कोर्स गरिरहेको छु र अवार्डका लागि भारत आउँदा मेरो १० लाख रुपियाँ खर्च हुन्छ भनेँ। मेरो क्लास मिस हुने कारणले गर्दा म आउन सक्दिन भनिदिएँ। त्यसपछि उक्त सर्पोटिङ एक्ट्रेसको अवार्ड फिल्म रामलीलाका लागि सुप्रिया पाठकलाई दिइयो। त्यसपश्चात् उक्त म्यागेजिनको सम्पादक मसंग यति रिसाएका छन् कि उनी अहिलेसम्म मसँग बोल्दैनन्।’ उनले दाबी गरेकी छिन् ‘अर्कोपटक मैले फिल्म तनु वेड्स मनुका लागि बेस्ट एक्ट्रेसको फिल्म फेयर अवार्ड पाइन्। तर मैले यही फिल्मका लागि नेसनल अवार्ड पाएको थिएँ। त्यसपछि भने उनी (फिल्म फेयरका सम्पादक) ट्रोल भए।’

कुराकानीको क्रममा उनले अर्को एक अवार्ड कार्यक्रममा पनि आफू अनुपस्थित भएकै कारण अवार्ड पाउनबाट वञ्चित भएको दाबी गरेकी छिन्। ‘तपाईंहरूलाई अचम्म लाग्ला, तर कुरा यस्तो हो कि एक अवार्ड कार्यक्रममा फिल्म ह्याप्पी न्यु इएरका लागि दिपिका पादुकोणले अवार्ड पाइन्। तर मैले फिल्म क्विनको लागि अवार्ड पाइनँ। किनभने म उक्त कार्यक्रममा गएको थिइनँ’ उनले सन् २०१४ देखि अवार्ड कार्यक्रम वहिष्कार गर्दै आइरहेकी छिन्।