भयानक डढेलो


सनफ्रान्सिस्को, (एजेन्सी)
अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको भयानक डढेलोका कारण त्यहाँका झण्डै ७ सयभन्दा बढी घर नष्ट भएको तथा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र विनाशकारी आगलागी भएको प्रहरीले जनाएको छ। थोमस नाम दिइएको डढेलो १ सय वर्ग किमि क्षेत्रफलभन्दा बढी स्थानमा फैलिएको छ। उक्त क्षेत्रफल न्ययोर्क सिटी, ब्रसेल्स र पेरिसको कुल क्षेत्रफलभन्दा बढी रहेको छ। डिसेम्बरको शुरूमा सान्ता पाउलाबाट शुरू भएको डढेलो पश्चिमी समुद्रीतटतर्फ फैलिएको हो। केही महिनायता क्यालिफोनिर्यामा थुप्रै डढेलो लागिसकेको छ।