पेरिस, (एजेन्सी)
प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले फ्रान्स र युरोपलाई शान्ति प्रयासमा मजबुत भूमिका निर्वाहका लागि आग्रह गर्दै मध्यपूर्व शान्ति प्रक्रियामा कुनै पनि अमेरिकी योजना स्वीकार गर्ने स्थितिमा आफू नरहेको जोड दिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानी मान्यता दिएकाले ऊप्रतिको विश्वास समाप्त भएको उनले बताए। संयुक्त राष्ट्र संघ महासभाले ट्रम्पको उक्त निर्णयको निन्दा प्रस्ताव पारित गरेपछि अब्बासले पेरिसमा फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ता गरेका थिए। म्याक्रोंले इजरायली र प्यालेस्टिनीको हातमा रहेको मुद्दालाई एकपक्षीयरूपमा व्यवस्थापन गर्न खोज्नु नै अमेरिकाको गल्ती भएको बताए।











प्रतिक्रिया